नेपालीलाई महँगाे शिकार पर्यटन, एउटा नाउरको ८० लाख

नेपालको एक मात्र शिकार आरक्ष, ढोरपाटन शिकार आरक्ष स्थापना भएको करिब ३८ वर्ष भयो । स्थापना भएको करिव चार दशक भए पनि आरक्षमा हालसम्म कुनै पनि नेपाली सिकारी शिकारको लागि पुगेका छैनन् । शिकारको लागि अन्तर्राष्ट्रिय शिकारीको नेतृत्व गरेर शिकार आरक्ष पुग्ने गरे पनि शिकार गर्न हालसम्म शिकार अनुमति लिएर वैधानिक शिकार आजको दिनसम्म कुनै पनि नेपालीले नगरेको ढोरपाटन शिकार आरक्षका प्रमुख संरक्षण अधिकृत वीरेन्द्रप्रसाद कँडेलले बताउनुभयो । विदेशीले शिकार अनुमति पत्र र नेपालीले जिल्ला शिकार अनुज्ञापत्र लिनुपर्ने हुन्छ ।