६ चैत, काठमाडौं । नेपाल समाजवादी पार्टी (नेसपा)ले आगामी माघमा महाधिवेशन गर्ने भएको छ । सोमबार बसेको पूर्ण बैठकले असोजमा विधान अधिवेशन र माघमा महाधिवेशन गर्ने निर्णय गरेको हो । प्रवक्ता कृष्णप्रसाद शर्माका अनुसार पार्टीको महाधिवेशन प्रत्यक्ष निर्वाचन प्रणालीद्वारा गरिने छ । साथै डा. बाबुराम भट्टराई नेतृत्वमा राष्ट्रिय महाधिवेशन आयोजक समिति बनाएको छ भने पार्टीको […]
एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपालले आठ बुँदे मापदण्ड तोकेर महाधिवेशन आयोजक कमिटी गठन गरिएको प्रष्ट पारेको छ । गत पुस २८ देखि ३० गतेसम्म पोखरामा सम्पन्न राष्ट्रिय युवा संघ नेपाल केन्द्रीय सचिवालयको दोस्रो पूर्ण बैठक र २०७८ पुस ३० गते नवौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको प्रथम पुर्ण बैठकले नवौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी गठन गरेको थियो ।सो क्रममा १० प्रतिशत मनोनीत र ५ प्रतिशत समायोजन हुन बाँकी नेताहरुलाई समाहित गर्दै आयोजक समिति बनाएको प्रचार बिभाग प्रमुख माहाराज गुरुङले बता