सप्तरी । तालाबन्दी गर्न सुरक्षा निकायले रोकेपछि प्रदर्शनकारीले सप्तकोसी नगरपालिका कार्यालय भवन तोडफोड गरेका छन् ।
नगरप्रमुख उत्तम गौतमले आइतबार एक विज्ञप्ति जारी गरी कार्यालयको सिसा, सवारीसाधन, कम्प्युटर, डिजिटल सूचना बोर्डलगायत कार्यालयको सामान तोडफोड गरेको जनाएका छन् । कार्यालय तोडफोड गर्ने तथा जनप्रतिनिधि, कर्मचारी र सुरक्षाकर्मीलाई भौतिक चोट पुर्याउने घटनाप्रति नगरपालिकाले विज्ञप्तिमार्फत...