कांग्रेसले सभामुखमाथि महाभियोग लगाए साथ दिन्छौँ : रायमाझी

काठमाडौं : नेकपा (एमाले) का सचिव टोपबहादुर रायमाझीले नेपाली कांग्रेसले सभामुख अग्निप्रसाद सापकोटामाथि महाभियोगको प्रस्ताव ल्याए आफूहरुले साथ दिने बताएका छन्।बिहीबार काठमाडाैंमा आयोजना गरेको एक साक्षात्कार कार्यक्रममा बोल्दै नेता रायमाझीले भने, ‘यदि कांग्रेसले सभामुखमाथि महाभियोग लगायो भने हामी साथ दिन्छौं । उहाँ विधिसम्मत रुपमा चल्नुभएको छैन। तर, हामीले सभामुखमाथि महाभियोग लगाउनेबारे सोचेका छैनौं। सरकारसँग बहुमत छ।’एमसीसीको सवालमा पार्टीले अहिले नै आधिकारिक धारणा नबनाएको स्पष्ट