नेपाल आर्ट काउन्सिलको प्रदर्शन कक्षभित्र कलाकार रवीन्द्र श्रेष्ठले माटोलाई चारपाटे आकार दिएर अत्याधुनिक कला निर्माण गरेका थिए । लगभग अढाइ फुट चौडाइ र अढाइ फुट उचाइको देखिने यस कलाको नाम राखिएको थियो, ‘माटो’ । आर्ट काउन्सिलमा हालै भएको सामूहिक कला प्रदर्शनीमा प्रदर्शित थुप्रै कलामध्ये उनको काम शक्तिशाली समसामयिक कला थियो । विश्व कलाबजारमा सन् १९६० पछि देखिएको नितान्त नौलो कला–प्रवृत्तिलाई समसामयिक कला भन्ने प्रचलन छ । रवीन्द्रको यो काम (कला) विश्व कलाबजारमा समसामयिक कलाको ख