कोरोना भाइरस संक्रमणमुक्त भएपछि आफ्नो इम्युन सिस्टमलाई मजबुत राख्न मुस्किल पर्छ । यो भाइरसले शरीरका सबै अंगलाई प्रभावित पार्ने गर्छ ।
खासगरी मोटोपन, मधुमेह, उच्च रक्तचाप र मुटुरोगीका लागि कोरोना भाइरस धेरै खतरनाक हुन्छ ।
विशेषज्ञका अनुसार शरीरमा प्रोटिनको कमीले इम्युन सिस्टम कमजोर हुन्छ । यसका लागि कोरोना संक्रमणमुक्त भइसकेपछि प्रोटिनयुक्त खानालाई आफ्नो डाइटमा समावेश गर्नुपर्छ ।
प्रोटिनका लागि माछा खानु फाइदाजनक हुन्छ । यसमा ओमेगा–३ फ्याटी एसिड, भिटामिन डी, बी २ (राइबोफ्लेविन) क्याल्सियम, फस्...