रकम हिनामिनाको आरोप लागेका सहकारी सञ्चालक छुटेपछि बचतकर्ता निराश
बचतकर्ताको ४ करोडभन्दा बढी रकम हिनामिना गरेको आरोपमा पक्राउ परेका बुटवलको एक सहकारीका सञ्चालक १२ लाख रुपैयाँ धरौटीमा छुटेका छन् । आगन्तुक बचत तथा ऋण सहकारी संस्था लिमिटेड बुटवलका अध्यक्ष राजु घर्ती १२ लाख धरौटी राखेर छुटेका हुन् ।