१ नम्बर प्रदेशका मुख्यमन्त्री राजेन्द्र राईले विश्वासको मत पाएका छन् ।
बुधवार प्रदेश सभामा भएको मतविभाजनमा विश्वासको मत लिने प्रस्तावको पक्षमा ५० र विपक्षमा २९ मत खसेको छ ।
नेकपा एकीकृत समाजवादी पार्टीबाट मुख्यमन्त्री बनेका राईलाई सत्तारुढ गठबन्धनको समर्थन रहेको छ ।
नेकपा एमालेका निवर्तमान मुख्यमन्त्री भीम आचार्यले राजीनामा दिएपछि राई मुख्यमन्त्री बनेका थिए ।