अर्घाखाँची : माघी पर्वको अवसरमा प्रदेश पाँचले दुई दिन सार्वजनिक बिदा दिएको छ।
प्रदेश पाँचका सबै १२ जिल्लामा माघी पर्व विशेषरूपमा मनाउने थारु तथा मगर समुदायको उल्लेखनीय बसोबास रहेकाले प्रदेश सरकारले आज र भोलि सार्वजनिक बिदा दिने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता बैजनाथ चौधरीले जानकारी दिए।
...