नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडल संसद विघटनविरुद्ध कानुनी र राजनीतिक लडाई लड्ने बताएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा शुक्रबार राति १ बजे प्रतिनिधिसभा विघटन गरी आगामी कात्तिक २६ र मंसिर ३ गते प्रतिनिधिसभाको निर्वाचन गर्ने गरी मिति तोकेपछि पौडेलले रातोपाटीलाई यस्तो प्रतिक्रिया दिएका हुन् ।उनले भने, 'हाम्रो संसदीय दलले यसमाथि अझै पनि संघर्ष गर्नुपर्छ । हाम्रो नेतृत्वले कानुनीदेखि लिएर हरेक लडाइ लड्नुपर्छ । देश र संविधानलाई जोगाउने काममा अग्रसर हुनुप