रेसुङ्गा नगरपालिकाले अव्यवस्थित सडक पेटी हटाउन सुरु गर्‍याे

गुल्मी – गुल्मीकाे रेसुङ्गा नगरपालिकाले तम्घास बजार क्षेत्रमा अव्यवस्थित रूपमा बनाइएका सडक पेटी हटाउन सुरु गरेको छ । नगरपालिकाले सदरमुकाम तम्घास बजार क्षेत्रमा कालोपत्र गर्नका लागि बिहीवारदेखि डोजर प्रयोग गरी सडक मिचेर बनाइएका अव्यवस्थित पेटीलगायतका संरचना हटाउन सुरु गरेको हो । नगरपालिकाले केही दिनअघि बजारमा कालोपत्र गर्नका लागि सडक छेउछाउका घरधनीलाई अव्यवस्थित रूपमा बनाइएका सडक पेटी आफैँ हटाउन भनी सार्वजनिक रूपमा 'रेडमार्क' लगाएको थियो । नगरपालिकाले तोकेको समयमा सम्बन्...