दाङ : दाङ क्षेत्र नम्बर १ का वाम लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार एवं सहरी विकास मन्त्री मेटमणि चौधरीले भारी अन्तरले गठबन्धनले चुनाव जित्ने बताएका छन्।शुक्रबार देउखुरीमा आयोजित एक कार्यक्रममा मन्त्री चौधरीले गठबन्धनले चुनाव जित्ने आधार पेश गर्दै भने, ‘गठबन्धनले प्रगतिशील एजेण्डा बोकेको छ। जनताले ठुलो त्याग र बलिदानी गरी निर्माण गरेको संविधानको रक्षा गठबन्धनको पहिलो शर्त हो। नयाँ संविधान मार्फत् प्राप्त भएको संघीय गणतन्त्र, समावेसी प्रणाली, कानुनी राज्यको पक्षमा गठबन्धन उभिएको छ। संविध