भारत, मध्यप्रदेशको भोपालस्थित हमीदिया अस्पतालमा सोमवार राति आगलागी भएको छ ।
कमला नेहरू बिल्डिङको पीडियाट्रिक विभागमा राति आगलागी भएको भारतीय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् ।
आगलागीमा परी ४ शिशुको मृत्यु भएको र केही शिशुहरूको उद्दार गरिएको त्यहाँस्थित प्रहरीले जनाएको छ ।
आगो लागीको कारण हालसम्म पत्ता नलागेको बताइएको छ ।
एसएनसीयूमा कुल ४० जना शिशु भर्ना गरिएका थिए । जसमध्ये ३६ जनालाई अर्को वार्डमा सारिएको बताइएको छ ।
भारतमै केही दिनअघि अर्को अस्पतालमा पनि आगलागी भएको थियो ।