निषेधाज्ञामा नाई मजदुरको चित्कार– भोकै मर्ने भइयो, हामीलाई पनि हेरिदिनुपर्‍यो [भिडियो रिपोर्ट]

कोरोनाभाइरस (कोभिड- १९) संक्रमण फैलिन नदिन भन्दै घोषित निषेधाज्ञाका कारण अन्य कैयन क्षेत्रजस्तै सैलुन र ब्युटीपार्लर पनि पूर्ण प्रभावित भएको छ । अघिल्लो वर्ष महिनौं प्रभावित भएको व्यवसाय लयमा फर्किन नपाउँदै करीब २ महिनादेखि पूर्णरूपमा ठप्प बनेको हो । सरकारले निषेधाज्ञालाई विस्तारै खुकुलो बनाए पनि यी व्यवसायलाई भने सञ्चालन अनुमति दिएको छैन । जसका कारण यसमा आश्रित व्यक्ति र उनीहरूको परिवारलाई हातमुख जोर्न पनि समस्या हुन थालेको छ । यस्तै पीडा भोग्ने मध्येका एक हुन्, २४ वर्षका सुनिल ठाकुर । घरायसी कारणले बीचमै पढाइ ...