नेपाल भलिबल संघका महासचिव जितेन्द्रबहादुर चन्द एशियन सेन्ट्रल जोनको कोषाध्यक्षमा चयन भएका छन् । संघले आज एक कार्यक्रम गर्दै चन्दलाई बधाई तथा शुभकामना प्रदान गरेको छ ।
चन्दले आफू कोषाध्यक्षमा नियुक्त हुनु विगतमा नेपालले भलिबल विकासमा गरेको कामको मूल्यांकनको प्रतिफल भएको बताए । उनले आगामी दिनमा अझ बढी चुनौती थपिएको तथा संघले भलिबल खेलको विकास र विस्तारमा अझ बढी काम गर्नुपर्ने बताए ।
एशियन भलिबल महासंघले आफ्ना आबद्ध राष्ट्रहरूलाई पाँच क्षेत्रमा विभाजन गरेर भलिबल खेलको विकासलाई अगाडि बढाइरहेको छ ...