रुसले युद्ध अपराध गर्‍यो : एम्नेस्टी

मानवअधिकारवादी संस्था एम्नेस्टी इन्टरनेसनलले युक्रेन आक्रमणका क्रममा रुसी फौजले युद्ध अपराध गरेको आरोप लगाएको छ । एम्नेस्टीले सोमबार सार्वजनिक गरेको ४० पृष्ठको प्रतिवेदनमा युक्रेनको उत्तर–पूर्वी सहर खर्किभमा अन्धाधुन्ध आक्रमण गरेको र सयौं सर्वसाधारणलाई घाइते पारेको उल्लेख छ ।