आसन्न निर्वाचनमा मकवानपुर क्षेत्र नम्बर–२ को चुनावी प्रतिस्पर्धा अत्यन्त रोमाञ्चक हुने सम्भावना देखिएको छ । यो क्षेत्रमा विगतका निर्वाचनमा एमालेले आफ्नो प्रभाव जमाउँदै आएको छ । यस पटक भने पूर्व एमाले र एमालेका उम्मेदवारबीच चुनावी भिडन्त हुने सम्भावना बढेको छ ।मकवानपुर–२ बाट सत्ता गठबन्धनले नेकपा एकीकृत समाजवादीका नेता विरोध खतिवडालाई उम्मेदवार बन्ने लगभग पक्का छ । खतिवडा पार्टी विभाजनपछि एमाले छोडेर नेकपा एकीकृत समाजवादीमा आवद्ध भएका हुन् ।एकीकृत समाजवादीका स्थायी कमिटी सदस्य तथा पूर