नवलपरासी। तीस वर्षीया श्रीमती सलन्ती हरिजनको हत्या गरेको आरोपमा प्रतापपुर गाउँपालिका–४ बस्ने उमेश हरिजनलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ। घरायसी विषयमा उनीहरूबीच झै–झगडा भई कुटपिट हुँदा सलन्ती गम्भीर घाइते भएकी थिइन्। उक्त खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय सेमरीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको थियो। कुटपिटबाट घाइते भएकी सलन्तीको शहिद स्मृति सामुदायिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।