सर्वोच्च अदालतले प्रधानन्यायाधीशबिनाको संवैधानिक इजलास बस्न नसक्ने भनी लिखित जवाफ सर्वोच्च अदालतमा पठाएको छ । अधिवक्ता गणेश रेग्मीले दायर गरेको रिटमा न्यायाधीश हरि फुयाँलको एकल इजलासले संवैधानिक इजलास प्रधानन्यायाधीशबिना बस्न सक्छन् या सक्दैनन् भन्ने आदेशको लिखित जवाफमा सर्वोच्च प्रशासनले प्रधानन्यायाधीशबिना संवैधानिक इजलास बस्न नसक्ने भनेको छ ।
सर्वोच्चका तर्फबाट रजिस्ट्रार नारायण पन्थीले लिखित जवाफ पेस गरेका हुन् । ‘इजलास गठन हुनका लागि प्रधानन्यायाधीशबाहेक अन्य चार जना न्यायाधीश रहनु अनिवार्य हुन्छ । संविधानले नै प्रधान...