संरचना नहुँदा बागमतीका मन्त्री र मन्त्रालय भाडामा, सरकारी भवन पाएका मन्त्री बस्दैनन्

हेटौंडा : प्रदेश स्थापना भएको ४ वर्ष पुरा भइसक्दा पनि बागमती सरकारले आफ्नो लागि स्थायी संरचना निर्माण गर्न सकेको छैन। स्थायी संरचना निर्माण हुन नसक्दा प्रदेश सरकारका केहि मन्त्री र मन्त्रालय अस्थायी संरचनामा बसेका छन् त केहि भाडाको घरमा बसेका छन्। प्रदेश सरकार स्थापना भएपछि तत्कालिन समयमा संघीय सरकार अन्तर्गत रहेका विभिन्न सरकारी कार्यालयको भवनमा प्रदेशको मन्त्रालयहरू राखिएको थियो भने हेटौंडा सिमेन्टको क्वाटरमा मन्त्रीहरु बसेका थिए। साढे ३ वर्षसम्म प्रदेशमा ७ वटा मन्त्रालय र मन्त्