काठमाण्डाै - नेकपा एमालेका सांसदको अवरोधपछि राष्ट्रिय सभाको बैठक स्थगित भएको छ ।
आज बैठक सुरु हुनासाथ एमालेका सांसदहरु उठेर विरोध जनाएपछि राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले अर्को सूचना जारी नभएसम्मको लागि बैठक स्थगित गर्नुभएको हो । अध्यक्ष तिमिल्सिनाले एमालेका सांसदलाई बैठक सञ्चालनको लागि सहयोग गर्न पटक-पटक आग्रह गरे पनि उनीहरुले उठेर विरोध गरेका थिए ।
अध्यक्ष तिमिल्सिनाले आफ्ना विरोधहरु राखेरै पनि सभा सञ्चालन गर्न सकिने र लामो समयदेखि सदनमा अवरोध गर्दा कयौँ महत्त्वपूर्ण काममा बाधा पुगेको बताउ...