बाढी प्रभावित क्षेत्रको स्थलगत अवलोकन गर्न हेलम्बु पुगे उपप्रधानमन्त्री राजेन्द्र महतो

उपप्रधान एवं शहरी विकास मन्त्री राजेन्द्र महतो सिन्धुपाल्चोकको हेलम्बु पुगेका छन् । मंगलबार दिउँसो साढे १२ बजे हेलिकोप्टरबाट मन्त्री महतो मेलम्ची तथा हेलम्बु क्षेत्रमा बाढी पहिरोको स्थलगत अवलोकनका लागि पुगेका हुन् । मेलम्ची तथा हेलम्बुका बाढी प्रभावितहरुसँग छलफल गर्दै मन्त्री महतोले बाढी प्रभावितलाई तत्कालका लागि आवश्यक पर्ने खानेकुरा र अस्थायी बसोबासको व्यवस्थालाई सरकारले प्रमुख प्राथमिकतामा राखेको बताएका छन् । उनले बाटोघाटो तुरुन्त निर्माण गर्ने र सो क्षेत्रलाई थप क्षति हुनबाट जोगाउने प्र