हिमपातले हुम्लाका २३ बस्तीको सञ्चार सम्पर्क टुट्यो

उत्तरी हुम्लाका २३ वटा बस्ती सञ्चार सम्पर्कविहीन भएका छन्।नेपाल टेलिकमको टावरमा हिमपातले क्षति भएपछि सञ्चार सम्पर्क हुन नसकेको हो। नाम्खा गाउँपालिका–१ का नारायण लामाले उत्तरी हुम्ला सञ्चार सम्पर्क बिहीन भएको बताउनुभयो।उहाँका अनुसार केही समय अगाडिसम्म सम्पर्क हुँदै आएकोमा बाक्लो हिमपातपछि नेपाल टेलिकमको टावरमा समस्या आएको हो। टावरमा खराबी आएपछि उत्तरी हुम्लाका सिमकोट र नाम्खा गाउँपालिकाका २३ वटा बस्तीका बासिन्दा सञ्चार सम्पर्कविहीन बनेका हुन्।

सम्बन्धित सामग्री

हिमपातले उत्तरी हुम्लाका विभिन्न स्थान सञ्चारविहीन

हुम्ला, २५ माघ । बाक्लो हिमपातको कारण उत्तरी हुम्लाका धेरै बस्तीहरुमा सम्र्पक टुटेको छ । हिमपातले नेपाल टेलिकमका टावरमा क्षति पु¥याएपछि २३ वटा बस्तीको सञ्चार प्रभावित भएको जनाइएको छ । बाक्लो हिमपातपछि नेपाल टेलिकमको टावरमा समस्या आएका कारण सञ्चार सम्पर्क टुट्दा सबै बस्ती सम्पर्कविहीन भएका हुन् । नाम्खा गाउँपालिका–१, २, ३, ४ र ५, नाम्खा […]

हिमपातले उत्तरी हुम्लाका २३ बस्ती सञ्चारविहीन

हिमपातले उत्तरी हुम्लाका २३ वटा बस्तीको सञ्चार प्रभावित भएको छ । यी बस्तीहरुलाई सञ्चार सम्पर्कमा जोड्न दुई स्थानमा स्थापना गरिएका नेपाल टेलिकमका टावरमा हिमपातले क्षति पुर्‍याएपछि उक्त क्षेत्रको सञ्चार सम्पर्कविहीन भएको हो ।