काठमाडौं : नेकपा एमालेका प्रचार विभाग उपप्रमुख विष्णु रिजालले कम्युनिष्टका बुख्याँचाहरुको बुई चढेर सत्तामा पुगेको कांग्रेस वैचारिक रुपमा अस्पष्ट भएको टिप्पणी गरेका छन्।कांग्रेसले स्थानीय तहको घोषणपत्रबारे बहस चल्दै गर्दा उपप्रमुख रिजालले हालैको घोषणापत्रले कांग्रेस वैचारिक रुपमा टाट पल्टिसकेको स्पष्ट हुने बताएका हुन्। ‘हालै जारी घोषणापत्र पढ्दा नेपाली कांग्रेस वैचारिक रुपमा कति टाट पल्टिसकेको रहेछ भन्ने स्पष्ट हुन्छ’ उनले फेसबुकमा लेखेका छन्, कम्युनिस्टका नाममा खडा भएका बुख्याँच