चिसो मौसम सुरु हुने बित्तिकै मानिसहरुको जीवनशैली पूर्ण रुपमा परिवर्तन हुने गर्छ । कठ्याङ्ग्रिँदो चिसोबाट शरीरलाई बचाउनका लागि मानिसहरु ऊनीको कपडाको सहारा लिन्छन् । तरपनि चिसोबाट जतिसुकै बच्छु भन्दा पनि छोइहाल्छ । यस्तोमा चिसो मौसममा पाइने केही विशेष खानेकुराले कठ्याङ्ग्रिँदो चिसोबाट हामीलाई जोगाउने गर्छ । यस्ता खानेकुराले तपाईंको शरीरलाई तातो त राख्छ नै यसले स्वास्थ्यका लागि पनि सकारात्मक प्रभाव पार्ने गर्छ । यी सुपरफूड खाँदा चिसो मौसममा बिरामी पर्ने सम्भावना निकै कम रहन्छ ।शख्खरखण्डःशख्खर