उच्चस्तरीय छानबिन आयोग गठन गर्न एकीकृत समाजवादीको माग

एकीकृत समाजवादी पार्टी (एस)ले ईश्वरपुर घटनाको अनुसन्धान गर्न उच्चस्तरीय छानबिन आयोग गठनको माग गरेको छ । एसको जिल्ला कमिटी सर्लाहीले ईश्वरपुर-७ मा भएको घटनाप्रति दुःख व्यक्त गर्दै उच्चस्तरीय छानबिन आयोग गठन गर्न माग गरेको हो । अध्यक्ष सुरेन्द्र लामाले बुधबार विज्ञप्ति जारी गर्दै समिति बनाउन माग गरेका छन् ।