सगरमाथा आधार शिविरको खुम्बु पासाङल्हामु गाउँपालिकामा एमाले विजयी

सोलुखुम्बु । सगरमाथा आधार शिविरमा रहेको खुम्बु पासाङल्हामु गाउँपालिकामा एमालेले जितेको छ । मतगणनाको पछिल्लो परिणामअनुसार एमालेका मिङ्मि छिरिङ शेर्पा २०२८ मतका साथ विजयी भएका छन् । कांग्रेसका चुम्बु शेर्पा १६०९ मतका साथ दोस्रो स्थानमा रहँदै पराजित भएका छन् । उपाध्यक्षमा पनि एमालेको टसी ल्हमु शेर्पा २०२३ मतसहित विजयी भएकी छन् ।