पछिल्लो समय व्यस्त जीवनशैलीका कारण मानिसहरु घर तथा कार्यालयको काममा व्यस्त हुने हुँदा आफ्नो स्वास्थ्यको ध्यान दिन सकिरहेका छैनन् । जसले गर्दा हाम्रो स्वास्थ्यमा पनि नकारात्मक असर पुग्छ । अस्वस्थ वातावरण, अस्वस्थ खानपान तथा बानी व्यहोराले व्यक्तिगत स्वास्थ्य बिगार्न अझै ठूलो भूमिका खेल्छन् ।