अछाम जिल्ला अदालतको फैसला विवादित, निष्क्रिय कानूनमा टेकेर किशोरीलाई साढे ३ वर्ष जेल

बलात्कारको आरोप लगाएर युवकलाई फसाउन खोजेको भन्दै १९ वर्षीया किशोरीलाई साढे ३ वर्षपछि कैद सजाय तोक्ने अछाम जिल्ला अदालतको फैसला त्रुटीपूर्ण देखिएको छ । हाल कार्यान्वयनमै नरहेको कानूनको सहारा लिएर सजाय सुनाइएकाले फैसला विवादित बनेको हो ।