पर्यटक आगमनमा सुधार भएसँगै पर्यटन क्षेत्रको आयमा उल्लेख्य वृद्धि, पाँच महिनामा २३ अर्ब ६३ करोड आय

काठमाडौं, १३ माघ। कोरोना महामारीको जोखिम घटेसँगै पर्यटकको आगमनमा भएको सुधारले पर्यटन क्षेत्रको आय वृद्धि भएको छ। अर्थ मन्त्रालयका अनुसार २०७९ साउनदेखि मंसिरसम्मको पाँच महिनाको अवधिमा पर्यटन क्षेत्रको आय २३ अर्ब ६३ करोड रुपैयाँ पुगेको छ। गत आर्थिक वर्षको सोही अवधिमा यस्तो आय १० अर्ब १४ करोड रुपैयाँ रहेको थियो। सन् २०२२ मा नेपालमा ६लाख १४हजार १४८जना पर्यटक आएका थिए।

सम्बन्धित सामग्री

अमेरिका र बेलायतबाट आउने पर्यटक बढ्दै

काठमाडौं । नेपाल आउने विदेशी पर्यटकमा भारतीय पहिलो र चीन दोस्रो स्थानमा रहँदै आएको विगतको तथ्यांकले देखाउँछ । तर, सन् २०२३ को शुरूदेखि भने चीनलाई अमेरिकी र बेलायतीले उछिन्न थालेका छन् । सन् २०२३ को अक्टोबरमा १ लाख १७ हजार ३०६ पर्यटक नेपाल आउँदा अन्य महीनाको तुलनामा अमेरिका र बेलायतबाट आउनेको संख्यामा पनि उल्लेख्य वृद्धि देखिएको छ । अक्टोबर अमेरिकाबाट १४ हजार ८७९ पर्यटक आएका हुन् । बेलायतबाट ८ हजार २१७ जना आए । यो महीना चीनबाट ६ हजार ८८० जना हवाई मार्गबाट नेपाल आएको नेपाल पर्यटन बोर्डको तथ्यांकले देखाउँछ । बोर्डका अनुसार सेप्टेम्बरको तुलनामा अक्टोबरमा अमेरिका र बेलायतबाट आउनेको संख्या बढ्दा भारत र चीनबाट आउनेको संख्यामा घटेको छ । मुलुकमा पर्यटकीय सिजन शुरू भएको महीनादेखि नै पर्यटक आगमनमा सुधार देखिएको व्यवसायीले बताएका छन् ।  ट्रेकिङ/पदयात्राको प्रमुख सिजन मानिने यो बेला हिमाल आरोहणका लागि पनि उनीहरू आएको व्यवसायीले बताए । पदयात्राका लागि बेलायती र अमेरिकी बढी आउने गरेको होटेल एसोसिएसन नेपाल (हान)का महासचिव साजन शाक्यले बताए । यो सिजन पदयात्राका लागि उपयुक्त मानिने भएकाले अन्य देशको तुलनामा ती देशबाट बढी पर्यटक आएको उनको भनाइ छ । बोर्डले सार्वजनिक गरेको तथ्यांकअनुसार अक्टोबरमा सबैभन्दा धेरै पर्यटक आउने देशमा क्रमश: भारत, अमेरिका, बेलायत र चीन छन् । यी देशबाहेक अस्ट्रेलियाबाट ६ हजार ७५, जर्मनीबाट ५ हजार ९१६, फ्रान्सबाट ५ हजार २७१, बंगलादेशबाट ४ हजार २९२, श्रीलंकाबाट २ हजार ५०७ र इटलीबाट २ हजार ४६७ पर्यटक नेपाल आएका छन् ।