पृथ्वी राजमार्गमा सडक भासिँदा यातायात अवरुद्ध

पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–४ साँखरस्थित ड्याम नजिक सडक भाँसिदा दुईतर्फी सवारी आवागमन अवरुद्ध भएको छ । गए रातिदेखि परेको अविरल वर्षाका कारण सडकको भाग भाँसिएको हो । सडकको भाग तलबाट भाँसिएकाले बेलिब्रिज नराखेसम्म सवारी आवतजावतमा सम्भव नदेखिएको तनहुँका प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए ।तत्काल मर्मतसम्भार पनि गर्न नसक्ने भएपछि जताबाट आएको त्यतैतर्फ सवारीसाधान फर्काइएको उनले बताए । करिब २० मिटर सडक भाँसिएको प्रहरीले जनाएको छ । 

सम्बन्धित सामग्री

पहिरोले पृथ्वी राजमार्गस्थित डुम्रे–याम्पा सडक अवरुद्ध

पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको डुम्रे–याम्पा खण्डमा पहिरो खस्दा यातायात अवरुद्ध भएको छ । बन्दीपुर गाउँपालिका–५ याम्पामा आइतबार मध्याह्न १२ बजे पहिरो खसेपछि राजमार्ग अवरुद्ध भएको हो ।

आँबुखैरेनीमा सडक भासिएपछि यातायात अवरुद्ध

पृथ्वी राजमार्ग अन्तर्गत जिल्लाको आँबुखैरनी गाउँपालिका-४ साँखरस्थित ड्याम साइटमा सडक भासिदा राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको छ ।

सुक्खा पहिरोले पृथ्वी राजमार्ग अवरुद्ध

धादिङ । गल्छी गाउँपालिका वडा नम्बर–७ स्थित गल्छीमा गए रातिदेखि सुक्खा पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध भएको छ । सडक विभाग र स्थानीयवासीको संयुक्त प्रयासले पहिरो पन्छाउने काम जारी रहेको गल्छी–७ का वडाध्यक्ष हरि खतिवडाले जानकारी दिए । यातायात अवरुद्ध हुँदा दसैँका लागि घर हिँडेका यात्रुले सास्ती व्यहोर्नुपरेको छ । यातायात साधन...

सुक्खा पहिरोले पृथ्वी राजमार्ग अवरुद्ध

गल्छी गाउँपालिका  वडा नं ७ स्थित गल्छीमा गए रातिदेखि सुक्खा पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध भएको छ । सडक विभाग र स्थानीयवासीको संयुक्त प्रयासले पहिरो पन्छाउने काम जारी रहेको गल्छी –७ का वडाध्यक्ष हरि खतिवडाले जानकारी दिए ।यातायात अवरुद्ध हुँदा दसैंका लागि घर हिँडेका यात्रुले सास्ती व्यहोर्नुपरेको छ । यातायात साधन नचल्दा १० किलोमिटर लामो लाम लागेको छ । यसैगरी नौबिसे–नागढुङ्गा सडकमा सवारीसाधन बिग्रिएका कारण यातायात अवरुद्ध भएको छ । सवारीसाधनको चाप भएका कारण यातायात जाम भएको हो