पाल्पा – तानसेन नगरपालिका–१० तेल्घा सुनडाँडा गाउँमा तरकारी खेती गर्ने किसानका ५० घरपरिवार छन्। उनीहरूले दैनिक रु एक लाख बढीको तरकारी बिक्री गर्दै आएका छन्। तरकारी बिक्री गर्ने मुख्य थलो बुटवल र तानसेन बजार हो। सिद्धार्थ राजमार्गको जरेपिपलमा व्यापारीहरू भेटिन्छन्। पाल्पामा थोक बजार केन्द्र नहुँदा यो गाउँका सबैले व्यापारीकै मूल्यमा तरकारी बिक्री गर्दै आएका छन्। […]