वीरगञ्जमा १ हजार ८ सयभन्दा बढी गाडी थन्किए

सरकारले गाडी आयातमा गरेको कडाइबाट आयातकर्ता र उपयोगकर्तामात्र होइन, व्यापार सहजीकरणमा लागेका निकायसमेत समस्यामा परेका छन् । गाडी आयात परिमाणका आधारमा सबैभन्दा ठूलो नाका वीरगञ्जमा १ हजार ८ सयभन्दा बढी गाडी थन्किएका छन्।वीरगञ्जस्थित एकीकृत जाँच चौकी (आईसीपी) भन्सारमा गाडी रोकिएका छन् । ती गाडीको पार्किङ र सुरक्षा व्यवस्थापनमा चुनौती भएको नेपाल इन्टरमोडल यातायात विकास बोर्डले बताएको छ। आईसीपीमा गाडीको चाप थपिँदै गएकाले अहिलेका लागि ३०० गाडी अटाउने पार्किङस्थल बनाउन लागिएको बोर्डको वीरगञ्ज प्रमुख कम