एमाले विभाजनको असर गण्डकी प्रदेशसभामा शून्य

 नेकपा एमाले विभाजन भएसँगै ६ वटा प्रदेशसभामा धेरथोर एमालेका सांसदहरु नेकपा एकीकृत समाजवादी पार्टीमा सामेल भएका छन् । तर गण्डकी प्रदेशसभामा भने एमाले विभाजनको असर अहिलेसम्म देखिएको छैन ।एमाले विभाजनपछि प्रदेश २ का १३ एमाले सांसद र सुदूरपश्चिम प्रदेशका १३ र बागमती प्रदेशका १३ एमाले सांसदले नेकपा एकीकृत समाजवादी पार्टी रोजेका छन् । यस्तै, प्रदेश १ का १० सांसद, कर्णालीका ३ र लुम्बिनी प्रदेशका एक एमाले प्रदेशसभा सदस्य नेकपा एकीकृत समाजवादी पार्टीमा सामेल भएका छन् ।गण्डकी प्रदेशको प्रदेशसभामा भने