कर्णाली प्रदेशमा मन्त्रिपरिषद् विस्तारको तयारी, नेपाली कांग्रेसले दुईवटा मन्त्रालय पाउँदै

सुर्खेत – कर्णाली प्रदेशमा मन्त्रिपरिषद् विस्तारको तयारी भएको छ । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले नेपाली कांग्रेसलाई समेत समेटेर मन्त्रिपरिषद् हेरफेर गर्न लाग्नुभएको हो । कांग्रेसले बैशाख ३ गते मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएर सरकार जोगाइ दिएको थियो । सरकारलाई विश्वासको मत दिएको दुई महिनापछि कांग्रेस पनि सरकारमा सहभागी हुन लागेको हो । दुईजना मन्त्रीसहित कांग्रेस सरकारमा जान लागेको कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले बताउनुभयो । सामाजिक विकास मन्त्रालयमा यज्ञबहादुर बीसी र जलस्रोत...