चाडपर्वको अवसरमा एनआईसी एशियाले ल्यायो दक्षिणा अफर

एनआईसी एशिया बैंकले वडा दशैं, दीपावली, नेपाल सम्बत् तथा छठ पर्वको अवसरमा ‘एनआईसी एशियामा रेमिटेन्स आयो, दक्षिणा पायो’ योजना सार्वजनिक गरेको छ । जसअनुसार बैंकमा रहेको खाता वा नयाँ खाता खोली रेमिटेन्स बुझ्ने ग्राहकलाई आकर्षक दक्षिणाको व्यवस्था गरिएको छ । आश्विन १ देखि कार्तिक ३० सम्म लागू हुने गरी ल्याएको योजना विश्वका विभिन्न देशहरूबाट स्वदेशमा पठाएको रेमिटेन्सको हकमा लागू हुनेछ । यस योजनामा विदेशमा रहेका आफन्त वा साथीहरूले पठाएको रेमिटेन्स यस बैंकमा रहेको खातामार्फत बुझ्दा उक्त