काठमाण्डाै – काठमाण्डाै महानगरपालिकाले भाेलि शुक्रवारदेखि महानगरपालिकाभित्रका रिङरोडभित्र पर्ने टिकट काउन्टरका बोर्ड हटाउने भएको छ ।आज बिहीवार महानगरपालिकाले असार १ गते शुक्रवारदेखि महानगरपालिकाभित्रका रिङरोडमा रहेका टिकट काउन्टरका बोर्ड हटाउने निर्णय भएको महानगर प्रहरी प्रमुख राजु पाण्डेले जानकारी दिनुभयाे । उहाँले उपयुक्त ठाउँहरूमा व्यवस्थित टिकट बुकिङ कार्यालय स्थापनाका लागि कार्यदल गठन गर्ने निर्णय भएको पनि बताउनुभयो । उहाँले यात्रु बीचमा चढाउने तथा ओराल्ने विषयमा त्यही कार्य...