सुनसरी । सुनसरीको ईनरुवा नगरपालिका– २ बलाहा नहरबाट २५० किलो गाँजा सहित २ जना पक्राउ परेका छन् । को १ च ९८५२ नम्बरको बलेरो गाडीमा ठुलो परीणाममा गाँजा तस्करी भईरहेको भन्ने विशेष सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट बुधबार बिहान २ बजेको समयमा प्रहरी निरीक्षक सहितको कमाण्डमा खटिएको प्रहरी टोलीले ब्यारिकेट सहित चेकिङ राखेकोमा बराहक्षेत्रबाट आएको उक्त नम्बरको गाडी ब्यारिकेट लडाएर फरार भएको थियो ।