पुर्ख्यौली पेसा ऊनका कपडा व्यवसाय सङ्कटमा

जुम्लामा पुर्ख्यौली पेसा राडीपाखी व्यवसाय लोप हुने अवस्थामा पुगेको छ । केही वर्षअघि ऊनबाट बुनेर लिउ, फेरुवा, बक्खु, राडिपाखी, लगायतका उत्पादनले कपडाको सबै माग धान्ने गरेको थियो । तर अहिले आधुनिक कपडाको उत्पादन र प्रयोग बढ्दै गएपछि पुर्ख्यौली पेसा सङ्कटमा परेको हो । त्यसैगरी युवापुस्तामा राडीपाखीप्रतिको अरुचीले गर्दा पनि पेसा नै सङ्कटमा परेको बूढापाका बताउँछन्। भेडा बाख्रापालन व्यवसाय बिस्तारै लोप हुन थालेपछि राडीपाखी बुन्नका लागि आवश्यक भेडाको ऊन पनि अभाव हुन थाले पछि यसको कमी भएको हो । ऊनक