सांसदको व्यङ्ग्य : भरसक पतिलाई, पति नभए पत्नीलाई मन्त्री बनाऔं

माओवादी केन्द्रका सांसद गजेन्द्र बहादुर महतले सरकार गठनका लागि मन्त्री छान्न समस्या परेको भन्दै व्यङ्ग्य गरेका छन् । मंगलबार प्रतिनिधि सभा बैठकमा विषेश समय लिएर बोल्दै जुम्लाका सांसद महतले मन्त्री बन्नका लागि पार्टीका नेतालाई समस्या परेको व्यङ्ग्य गरेका हुन् । उनले मन्त्री बन्नका लागि टन्न पैसा कमाएको हुनुपर्ने, पहिले नै २ पटक मन्त्री भएकै हुनुपर्ने, भरसक धेरै पार्टी फेरबदल गरेको हुनुपर्ने, पार्टी नेतृत्वलाई घुर्की, धम्की, धाक, दिनसक्ने, गुटमा आबद्धता भएकै हुनुपर्ने, भरसक पति र पति नभए पत्न