नवलपुर । केन्द्रका ३ गुट निकटका जिल्ला नेताहरुको गठबन्धनमा पूर्वी नवलपरासी कांग्रेसको जिल्ला अधिवेशन सकिएको छ । अधिवेशनमा शेरबहादुर देउवा, रामचन्द्र पौडेल र शशांक कोइरालानिकट नेताहरुले गठबन्धन बनाएका थिए । गठबन्धनका नाममा पुराना र निष्ठावान कार्यकर्तापछि पारेको भन्दै असन्तुष्टि जनाएर कार्यकर्ताले उमेदवारी दिएपछि चुनाव भएको हो । पूर्वी नवलपरासी पूर्वमहामन्त्री शशांक कोइरालाको चुनावी जिल्ला हो […]