सुर्खेत – तीन वर्षअघि सुरु भएकाे विद्यालय पूर्वाधार निर्माण कार्यक्रम कर्णलीमा प्रभावकारी बन्न सकेको छैन। ‘एक स्थानीय तह, एक सामुदायिक विद्यालय पूर्वाधार विकास कार्यक्रम’अन्तर्गत विद्यालय छनोट र बजेट कार्यान्वयनमा देखिएको प्रक्रियागत ढिलाईले कार्यक्रम प्रभावकारी नभएको हो। विद्यालय छनोटमा पहुँचवालाकाे दवदबा र बजेटको अख्तियारी ढिला गर्ने प्रवृत्तिले योजनाकार्यान्वयनमा चुनौति भइरहेकाे छ। पूर्वाधारकाे अति नै खाँचो रहेका विद्यालयभन्दा पहुँचका आधारमा पूर्वाधार […]