सर्वोच्चले भन्यो– उमेदवार बन्न जनप्रतिनिधिले राजीनामा दिनुपर्ने प्रावधान तत्काल कार्यान्वयन नगर्नू

काठमाडौं । सर्वोच्च अदालतले स्थानीय निर्वाचनमा मनोनयन दर्ताअघि बहालवाला जनप्रतिनिधिले राजीनामा दिनुपर्ने निर्वाचन आयोगको आचारसंहिता तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको छ । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले निर्वाचन आयोगलाई विपक्षी बनाएर दायर गरेको रिटको सुनुवाइ गर्दै सर्वोच्चले जनप्रतिनिधिले राजीनामा दिनुपर्ने आचारसंहिता तत्काल कार्यान्वयन नगर्न भनेको हो । न्यायाधीश बमकुमार श्रेष्ठको...