सडक, शिक्षित जमात र राजनीतिक चेतना बढेका निर्वाचन क्षेत्रमा मतदाताको स्वविवेक निर्णायक हुन्छ । यस्तो अवस्थामा उम्मेदवारले दिने आश्वासन र मतदाताका प्रश्नको जवाफ सहज हुँदैन । यही अनुभव गरिरहेका छन् कास्की २ बाट प्रतिनिधिसभा सदस्यका प्रतिस्पर्धी उम्मेदवार एमालेका रवीन्द्र अधिकारी र कांग्रेसका देवराज चालिसे ।