सीतापाइलामा सीके सिनेमाज् मल्टिप्लेक्स हल सञ्चालनमा आउँदै

काठमाडौं । काठमाडौंको सीतापाइलामा आगामी शुक्रबारदेखि अत्याधुनिक मल्टिप्लेक्स फिल्म हल सञ्चालनमा आउने भएको छ । नागार्जुन नगरपालिका–४ स्थित अनुपम मलमा हालै निर्माण भएको दुई अडिटोरियमसहितको सीके सिनेमाज् सञ्चालनमा आउने भएको हो । रञ्जना र कीर्तिपुर मल्टिप्लेक्सका सञ्चालक तथा नेपाल चलचित्र संघका महासचिव नरेन्द्र महर्जनले हल सञ्चालनमा ल्याउन लागेका हुन् । ३९१ सिट क्षमताका दुई हलमा […]