बीएण्डसी मेडिकल कलेजलाई तत्काल सम्बन्धन दिने सरकारकाे निर्णयप्रति सदस्यहरुको असहमति

काठमाडौं : झापास्थित प्रस्तावित बीएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिने विषयमा चिकित्सा शिक्षा आयोगको बालुवाटारमा बसेको बैठकमा मत विभाजन भएको छ।बैठकमा सहभागी एक सदस्यका अनुसार प्रधानमन्त्री केपी शर्मा ओली र शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले आजै सम्बन्धन दिनुपर्ने जोड दिए पनि बैठकमा सहभागी केही सदस्यहरुले बीएण्डसीलाई प्रक्रिया पूरा गरेर मात्रै सम्बन्धन दिनु पर्ने जोड दिएका छन्।सहभागी एक सदस्यले भने ‘केही प्रकृया पूरा गरेपछि मात्रै सम्बन्धन दिनुपर्ने र अहिलेनै दिनुपर्ने भन्दै मत विभाजन भएको थ

सम्बन्धित सामग्री

बीएण्डसी अस्पताललाई सम्बन्धनको प्रयास: विवाद के हो - BBC News नेपाली

झापास्थित प्रस्तावित बीएण्डसी मेडिकल कलेज र रिसर्च सेन्टरलाई चिकित्सा शिक्षा ऐनको व्यवस्था अनुसार सम्बन्धन दिन आफूले सहमति जनाएको काठमाण्डू विश्वविद्यालयले बताए पनि अभियानकर्मीहरूले 'घुमाउरो बाटो अपनाइएको' टिप्पणी गरिरहेका छन्।

बीएण्डसी मेडिकल कलेजको सिट संख्या तोक्न केयुको सिफारिस

काठमाडौं विश्वविद्यालय (केयु)ले झापास्थित बीएण्डसी मेडिकल कलेज एण्ड रिसर्च सेन्टरलाई सम्बन्धन दिन चिकित्सा शिक्षा आयोगलाई पत्राचार गरेको छ । केयुका रजिष्ट्रार प्रा.डा. सुवोध शर्माले सिट संख्यासहित स्वीकृतीका लागि आयोगलाई २ जेठमा पत्राचार गरेको पत्रमा उल्लेख गरिएको छ । विश्वविद्यालयबाट गएको विज्ञ सम्मिलित टोलीले कलेजको प्रारम्भिक निरिक्षण गरको र निरीक्षण प्रतिवेदनअनुसार  बि एण्ड सी मेडिकल कलेजलाई चिकित्सा शिक्षा ऐन, २०७५ को दफा १३ (६) अनुसार यस विश्वविद्यालयको सम्बन्धनको लागि सहमति

सम्बन्धनको पर्खाइमा बीएण्डसी हस्पिटल

झापा – बिर्तामोडमा चार वर्षदेखि सञ्चालित पूर्वकै सुविधासम्पन्न बीएण्डसी हस्पिटल ‘मेडिकल कलेज’को सम्बन्धन पर्खिरहेको छ । झापा, इलाम, पाँचथर र ताप्लेजुङका २६ लाख बासिन्दालाई गुणस्तरीय स्वास्थ्य सेवा, शिक्षा र रोजगारी दिलाउने लक्ष्य बोकेर २०७१ साल फागुन १८ गतेदेखि बीएण्डसी मेडिकल कलेज टिचिङ एण्ड रिसर्च सेण्टर प्र...