कपिलवस्तुमा एक वर्षमा ७ हजार ७६९ महिला बने जग्गाको मालिक

रजिस्ट्रेसनमा छुट पाउने प्रावधानले कपिलवस्तुमा महिलाको नाममा भू– स्वामित्व बढ्दै गएको छ। केही वर्ष अघि सम्म नगन्य मात्रामा महिलाको नामा जग्गा पास हुने क्रम अहिले उत्साहजनक रुपमा वृद्धि भएको देखिन्छ।