अन्योलमा लगानीकर्ता : नेप्से ०.५६ अंकले बढ्दा ५ अर्ब ३३ करोडको कारोबार

काठामाडौं । साताको चौथो कारोबार दिन बुधबार उतारचढावबीच सेयर बजारमा १ अंकभन्दा कमको वृद्धि भएको छ । बुधबार बजार परिसूचक नेप्से ०.५६ अंकले बढेर २६७३.८८ अंकमा बन्द भएको छ । नेप्से सँगैं ‘क’ वर्गका कम्पनीहरुलाई मापन गर्ने सुचक सेन्सेटिभ इन्डेक्स पनि ०.१४ अंकले बढेर ४७८.३८ अंकमा बन्द भएको छ । कोभिडको...

सम्बन्धित सामग्री

सातामा ५ कारोबार दिननै घट्यो शेयर बजार, लगानीकर्ताहरूले गुमाए २ खर्बभन्दा बढी

जेठ २१, काठमाडौं । धितोपत्र दोस्रो बजार यो साताको कारोबारमा निरन्तर पाँच कारोबार दिन घटेर २ हजार ७८ दशमलव ७० विन्दुमा झरेको छ । गत साताको अन्तिम कारोबार दिन २ हजार २२३ दशमलव ७८ विन्दुमा रहेको नेप्से परिसूचक यो साता १४५ दशमलव शून्य ८ अंक घटेको हो । गत साताको अन्तिम कारोबार दिनदेखिनै बजार निरन्तर घटिरहेको छ । गत साताको अन्तिम कारोबार दिन १५ दशमलव ८२ अंकले बजार घटेको थियो ।  यसै साता सरकारको आगामी आर्थिक वर्षको बजेट सार्वजनिक भएको थियो । बजेट सार्वजनिक भएको भोलिपल्ट सोमवारको कारोबारमा नेप्से परिसूचक ५० दशमलव ३३ अंकले घटेको हो ।  मंगलवार ३५ दशमलव ५३ अंक, बुधवार ७ दशमलव १९ अंक, बिहीवार १८ दशमलव २६ अंक र शुक्रवार ३३ दशमलव ७६ अंक बजार घटेको हो । नेप्से परिसूचकसँगै सेन्सेटिभ इन्डेक्स पनि यो साता घटेको छ । गत साता ४३३ दशमलव शून्य ७ विन्दुमा रहेको सेन्सेटिभ इन्डेक्स यो साता ४०३ दशमलव ४८ विन्दुमा झरेको हो ।  निरन्तर घटेको यो साता लगानीकर्ताहरूले रू. २ खर्ब ६ अर्ब ५४ करोड २८ लाख गुमाएका छन् । गत साता रू. ३१ खर्ब ६६ अर्ब २ करोड ९५ लाख रहेको कुल बजार पूँजीकरण यो साता रू. २९ खर्ब ५९ अर्ब ४८ करोड ६३ लाखमा झरेको हो । यो नेप्से परिसूचक, सेन्सेटिभ इन्डेक्स र कुल बजार पूँजीकरण घटेपनि कारोबार रकम र कारोबार कित्ता भने बढेको देखिन्छ । निरन्तर घटेको बजारमा आत्तिएर शेयर विक्री गर्ने बढ्दा बजारमा नकरात्मक प्रभाव परेको ब्रोकरहरु बताउँछन् ।  बजेटमा पूँजीबजार सुधारका नयाँ विषयको अपेक्षामा रहेका लगानीकर्ता धेरै जसो पुरानौ कुरा दोहोरिदा निराश बनेको ब्रोकरहरुको बुझाई छ । गत साता रू. ५ अर्ब ६९ करोड १७ लाखभन्दा बढीको १ करोड ६१ लख ७८ हजार १४४ कित्ता धितोपत्र खरीदविक्री भएकोमा यो साता रू. ६ अर्ब २० करोड ३९ लाखभन्दा बढीको १ करोड ७६ लाख ६१ ह्जार ७३५ कित्ता धितोपत्र खरीदविक्री भएको हो । निरन्तर घटेको बजारमा यो साता सबै समूहगत उपसूचकहरु समेत घटेका छन् । यो साता सर्वाधिक उपसूचक व्यापारिक समूहको घटेको छ । व्यापारिक समूहको उपसूचक सर्वाधिक ११ दशमलव ४३ प्रतिशत घटेको हो ।  त्यस्तै निर्जीवन बीमाको १० प्रतिशत, जीवन बीमाको ८ दशमलव ५१ प्रतिशत, अन्य समूहको ६ दशमलव ९२ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहको ६ दशमलव ९० प्रतिशत, बैंकिङको ६ दशमलव ५४ प्रतिशत, लगानी समूहको ५ दशमलव ८९ प्रतिशत उपसूचक घटेको छ । यसैगरी लघुवित्त समूहको ५ दशमलव ५४ प्रतिशत, विकास बैंकको ५ दशमलव ४२ प्रतिशत वित्त समूहको ५ दशमलव २३ प्रतिशत, जलविद्युतको ४ दशमलव ९६ प्रतिशत, होटल्स तथा पर्यटनको ४ दशमलव २२ प्रतिशत र म्युचुअल फण्डको ३ दशमलव ६५ प्रतिशत उपसूचक घटेको छ ।