२४ असार, काठमाडौं । नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारी नियमित काममा फर्किएका छन् । सरकारले कार्यकारी अध्यक्ष अधिकारीलाई ६ असारमा निलम्बन गर्ने निर्णय गरेको थियो । अधिकारीले यस निर्णय विरुद्ध १३ असारमा सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गराएका थिए । सर्वोच्च अदालतले बिहीबार अल्पकालीन अन्तरिम आदेश जारी गर्दै कार्यकारी अध्यक्ष अधिकारीलाई काममा फर्कन […]