नेपाल प्रहरीले दुई किलो २२४ ग्राम लागुऔषध (अफिम) सहित तीन जनालाई पक्राउ परेको छ । महानगरीय प्रहरी वृत्त लैनचौरको टोलीले लागुऔषध अफिम कारोवार गर्ने पूर्वी रुकुमका ४१ वर्षीय धनमाया पुन, ३७ वर्षीय रुद्र राना र ५४ वर्षीय कर्म जोतन पुनलाई शनिबार दिउँसो पक्राउ गरी आज सार्वजनिक गरेको हो । प्रहरीले पुनलाई काठमाडौँ महानगरपालिका–२६ ठमेल र अन्य दुईलाई मित्रनगर, नयाँ बसपार्कबाट पक्राउ गरेको हो । महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले ठमेलमा अफिम बोकेर कारोवा